Logo
Logo

एमाले महाधिवेशन प्रतिनिधि छनोटः मोरङ- ६ मा ईश्वर पोखरेल पक्षको क्लिन स्विप


4.1k
Shares

मोरङ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि छनोटमा नेता विनोद ढकालको प्यानल भारी मतान्तरसहित विजयी भएको छ ।

आइतबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । निर्वाचनमा कूल खसेको मतमध्ये सबैभन्दा बढी मत ल्याएर नेता विनोद कुमार ढकाल लोकप्रिय बनेका छन् ।

खुलातर्फको प्रतिस्पर्धामा विनोद ढकाल सर्वाधिक १,५२७ मत ल्याएर विजयी भएका हुन् । सोही प्यानलबाट पितकुमार श्रेष्ठले १,२८९, रमेशकुमार पोखरेलले १,२८६ र सत्यनारायण चौधरीले १,२७६ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

संस्थापन तर्फका मिनकुमार आचार्यले ६१२, मकर बुढाथोकीले ६१६ , रोहित कोइरालाले ६१७ र ज्ञानेन्द्र ओझाले ५५१ मत ल्याएर पराजित भए ।

महिला प्रतिनिधिमा पनि ढकाल प्यानलकै उम्मेदवार विजयी भएका छन् । सरस्वती खरेलले १,२६५ र सरस्वती भण्डारीले १,१५८ मत ल्याएर जित सुनिश्चित गरे । उनीहरूका प्रतिस्पर्धी रिता न्यौपानेले ९६६ र जानुका बड्तौलाले ५५१ मत प्राप्त गरे ।

युवा कोटामा सन्तोष घिमिरे १,११८ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रविन घिमिरेले ८५५ मत प्राप्त गरे ।

निर्वाचित सबै ईश्वर अब अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्