काठमाडौं । मेटलाइफ नेपालले नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको आफ्नो आधिकारिक बीमा साझेदारी एक वर्षका लागि नवीकरण गरेको छ । यो नवीकरणसँगै नेपालका पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीहरू र क्यान परिवारलाई निरन्तर आर्थिक सुरक्षा तथा बीमा सुविधा प्राप्त हुनेछ ।

गत एक वर्षदेखि नेपाली क्रिकेट टोलीका हरेक जित, हरेक स्ट्रोक र हरेक डाइभको पछाडि मेटलाइफको भरपर्दो साथ रहेको छ । अब यो साझेदारीले खेलाडीहरूलाई आगामी दिनमा थप हौसला प्रदान गर्नेछ ।
यो सुरक्षा प्रतिवद्धता नेपालका लागि विशेष क्षणमा आएको हो । नेपालको राष्ट्रिय क्रिकेट टोली २०२६ को आइसीसी टि २० विश्वकपका लागि छनोट भइसकेको छ । जसले देशको खेलकुद यात्रामा अर्को ऐतिहासिक उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाहरूको तयारीमा रहेका खेलाडीहरूको आत्मविश्वासलाई मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ ।
‘मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ,’ पूर्व कप्तान तथा क्रिकेट सङ्घका सचिव पारस खड्काले भने । ‘हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोसका साथ खेलमा केन्द्रित हुन सक्छौँ ।’











