Logo
Logo

तोडफोड र आजगनी आरोपमा अमनलाल मोदीका स्वकीयसहित ५ जना पक्राउ


378
Shares

काठमाडौं । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पूर्वमन्त्री अमनलाल मोदीका स्वकीय तथा तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारी, महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेका छन् ।

जेन्जी आन्दोलनका क्रममा अन्सारी आफैँले आगजनी र तोडफोड गरेको घटनाको भिडियो टिकटकमा सेयर गरेका थिए । त्यसपछि भिडियो हटाएर केहीदिन बेपत्ता भएका उनी माओवादीसहित अन्य दलका बीचमा एकता भएपछि सार्वजनिक भएका थिए ।

अन्सारीलगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवालाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ । यसअघि मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्