Logo
Logo

कञ्चन बिच्छाको सांसद पद खारेज गर्न राप्रपाले पठायो प्रदेश सभामा पत्र


819
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेश सभालाई पत्र पठाएको छ ।

राप्रपाबाट एक मात्र प्रदेशसभा सदस्य रहेकी समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । पछि मंसिर ८ गते मात्रै उनले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।

तर, राप्रपाले स्पष्टिकरण सोध्दै त्यतिबेलै बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर, पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याएर राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।

उपसभामुख बबिता राउत ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानून विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्