Logo
Logo

एमाले महाधिवेशन : कर्णालीबाट ११३ प्रतिनिधि चयन


693
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनोट भएका छन् ।
यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि एमाले कर्णाली प्रदेश कमिटीले प्रतिनिधिहरूको टुंगो लगाएको हो ।

कर्णालीका १० जिल्लामध्ये रुकुम पश्चिममा निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि छनोट गरियो भने बाँकी ९ जिल्लामा सर्वसम्मतीमा प्रतिनिधि छनोट गरिएको छ ।

जसमा हुम्लाबाट पाँच, दैलेखमा २२, कालीकोटबाट आठ, सुर्खेतमा २०, मुगुबाट पाँच, जाजरकोटमा १०, जुम्लाबाट ६, डोल्पामा आठ, रुकुम पश्चिमबाट पाँच, सल्यानबाट आठ प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।

यस्तै, मजदुर संगठनबाट सात, कर्णाली सम्पर्क मञ्चबाट चार र प्रदेश पार्टी कमिटीबाट पाँच प्रतिनिधि चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्