Logo
Logo

नयाँ दलहरूलाई जिम्मा लगाउँदा देशले फेरि ठक्कर खान्छ: घनश्याम भूसाल


567
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता घनश्याम भूसालले नयाँ भनिएका दलहरूबाट पनि देशले जिनकास नपाउने बताएका छन् । उनले नयाँ भनिएका दलहरूलाई देशको जिम्मा लगाउँदा देशनै खतरामा पर्ने दाबी समेत गरेका छन् ।  

The current image has no alternative text. The file name is: ghanashyam.jpg

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो दल नयाँ दलहरूको पनि विकल्पको कुरा गरेर अघि बढेको जिकिर गरे  । उनले भने, ‘हामीले नयाँ भनिएका पार्टीहरूको पनि विकल्पको कुरा गरिरहेका छौँ । सम्भवतस् यो सुनेर धेरैलाई अचम्म लाग्छ होला । हामीले यो भन्नुपर्छ, नयाँ भनिएका पार्टीहरू सिद्धान्त विचारका हिसाबले भुइँफुट्टा, त्यो दूर दृष्टिका हिसाबले सतही, गैर जिम्मेवार देखिने जो नयाँ भनिएका पार्टी छन् । यिनीहरूकै हातमा पनि यसै मुलुक जान्छ भने मुलुकले फेरि ठक्कर खानेछ ।’

नयाँ भनिएका दलहरू पनि पुरानाजस्तै दलाल पुँजीवादसँग ब्रिकी हुनेवाला देखिएको भुसालको भनाइ रहेको छ । उनले भने,  ‘यी पार्टीहरू हिजोका ठुला भनिएका सत्ताधारी पार्टी जस्तै निसन्देह यिनको नेतृत्व पनि दलाल पुँजीवादसँग बिक्री हुनेवाला छ । हाहाहोहो गरेर सरकार र आगामी राजनीतिमा प्रभावशाली हुने जे सोच्दै छन् यसरी पनि यो मुलुकले शान्ति नपाउने भयो । यो कुरा हामीले भन्नुपर्छ भन्ने हामीलाई लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्