Logo
Logo

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख थापाको स्थान हद र विदेश भ्रमण फुकुवा


441
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापालाई विदेश भ्रमणमा जान र उपत्यका छाड्न रोक लगाउने निर्णय फुकुवा गरिएको छ । आज सोमबार जेनजी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई स्थान हद तोक्ने र विदेश भ्रमणमा जान रोक लगाउने निर्णय फुकुवा गरेको हो ।

The current image has no alternative text. The file name is: thapa.jpg

असोज १२ मा आयोगले उनलाई विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले मङ्सिर १० मा थापासँग बयान लिएको थियो । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए ।

आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जानेगरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको घटनाबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ । असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।

आयोगले यसअघि पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको थियो । आयोगले राष्ट्रिय अनुसन्धान विधागतको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ । सशस्त्रका डीआईजी श्रेष्ठ उपत्यका हेर्ने नम्बर नम्बर-९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् ।

यस्तै,आयोगले त्तकालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने तयारी गरिरहेको छ । आयोगले ओली र लेखकलाई पनि स्थानहद लगाएको छ । जसको नेकपा एमाले विरोध गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्