Logo
Logo

मलेशियामा नयाँ राजाले सपथ लिए


- दृष्टि न्युज/संवाददाता



मलेशियामा नयाँ राजाले सपथ लिएका छन् । नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले आज माघ १७ का दिन मलेशियाको राजधानी क्वालालम्पुरको राजदरवारमा सपथ लिएको समाचारमा जनाइएकोछ ।

यस भन्दा अगाडिका राजाले गद्दीत्याग गरेका थिए । समाचारहरुमा जनाइए अनुसार यस अगाडिका राजाले रुसी पूर्व मिस मास्को संग विवाह गरेको हुनाले गद्दी त्याग गरेका थिए ।

मलेसियाको ९ राज्यका राजपरिवारहरु माझ प्रत्येक ५ वर्षमा पालैपालो राजा हुने विशिष्ट खालको परम्परा रहि आएकोछ ।

त्यहाँ संवैधानिक राजतन्त्र रहेकोछ । राजाको शासन संचालनमा मानार्थ भूमिका मात्र हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्