Logo
Logo

मधेशका मुख्यमन्त्री यादवले आज पत्रकार सम्मेलन गर्ने


756
Shares

जनकपुरधाम । सर्वोच्च अदालतको परमादेशपछि २४ घण्टाभित्र विश्वासको मत नलिएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

The current image has no alternative text. The file name is: saroj-yadav.jpg

मुख्यमन्त्रीको सरकारी आवासमा साँझ ५:३० बजे पत्रकार सम्मेलन राखिएको छ।

विश्वासको मत लिने वा राजीनामा दिने विषयमा आज दिनभर यादवले पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका थिए। राति ८ बजे सर्वोच्च अदालतको परमादेश इमेलमार्फत प्रदेश सभा मुख्यमन्त्री कार्यालयमा आइपुगेको छ ।

आजै राति ८ बजे २४ घण्टाको समयसीमा समाप्त हुने छ । यदि उनले विश्वासको मत नलिए र राजीनामा पनि गरेनन् भने, उक्त समयमा उनी पदमुक्त हुने छन्।

प्रतिक्रिया दिनुहोस्