Logo
Logo

सशस्त्रका १०३ इन्स्पेक्टर एकै पटक सरुवा 


1.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले एकै पटक एक सय तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । सशस्त्र प्रधान कार्यालयले सङ्गठनको नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत १०३ इन्स्पेक्टरको सरुवा गरेको हो ।

The current image has no alternative text. The file name is: APF-logo.jpg

महानिरीक्षक तहबाट भएको सरुवाबाट हालसम्म कमाण्ड (गुल्म प्रमुख)को जिम्मेवारी नपाएका र लामो समयदेखि हेडक्वार्टर वा कम महत्त्वपूर्ण स्थानमा कार्यरत इन्स्पेक्टरहरूलाई कार्यक्षेत्रमा खटाइएको छ ।

यो सरुवाले विभिन्न युनिटको नेतृत्वमा परिवर्तन गर्नेछ । एउटै स्थानमा लामो समयदेखि कार्यरत प्रहरी अधिकारीहरूलाई चक्रीय प्रणालीअनुसार नयाँ ठाउँमा खटाएर साङ्गठनिक चुस्तता कायम गर्न समय-समयमा सरुवा गर्ने गरिन्छ । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापन लगायतका महत्त्वपूर्ण कार्य गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्