Logo
Logo

बालिका अपहरण आरोपमा दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


बाग्लुङ, २२ असोज । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मंगलबार जबर्जस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर विकलाई पक्राउ गरेको छ ।

स्थानीय एक विद्यालयमा वैकल्पिक सिकाइका लागि हिँड्दै गरेकी बालिकालाई जंगलछेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छिन् ।

प्रतिक्रिया दिनुहोस्