Logo
Logo

अमेरिकामा सयौं भारतीय विद्यार्थीहरु गिरफ्तार


- दृष्टि न्युज/संवाददाता



अमेरिकामा अध्यागमन कानून तोडेको आरोपमा सय जना भन्दा वढी भारतीय विद्यार्थीहरु गिरफ्तारीमा परेको समाचार छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सो अभियान चलाएर सय भन्दा वढीलाई गिरफ्तार गरेको र थप ६०० जना माथि वारेन्ट जारी गरेको वताइएकोछ ।

अमेरिकी सुरक्षा विभाग तथा अध्यागमन कार्यालयहरुले अध्यागमन कानून तोडेर अमेरिकामा वस्न आएका विद्यार्थीहरुलाई पक्रन एक नक्कली विश्वविद्यालय वनाएर जालमा पारेको उक्त समाचारमा जनाइएकोछ ।
(एजेन्सीहरु)

प्रतिक्रिया दिनुहोस्