Logo
Logo

लामिनारद्वारा ‘मेरो सपनाको घर’ नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक


252
Shares

काठमाडौं । लामिनार भिट्रिफाईड टायलले “लामिनार – मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।

Laminar – Mero Sapanako Ghar Logo FINAL

यस अभियान अन्तर्गत विजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ — Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।

कसरी सहभागी हुने?

  1. ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस् ।
  2. यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस् ।
  3. @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् ।

छनोट प्रक्रिया
प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।
nepal oil nigum ad 2082
bf dear hil chapagaun lalitpur bhadra 13
bf dear hill sawan2082

घर मेक-ओभर प्याकेज

प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन्

  • प्रिमियम सामग्री
  • पूर्ण इन्टेरियर डिजाइन
  • टर्नकी कार्यान्वयन
  • Before–During–After फोटो/भिडियो डकुमेन्टेशन

भिडियो upload गर्ने अन्तिम मिति २०२६ जनवरी २ सम्म रहेकाे छ । विजेता घोषणा मिति २०२६ जनवरी ७ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्