Logo
Logo

जालपादेवी केबलकार निर्माण तीव्र गतिमा, चिसापानी पुगेर अर्थमन्त्रीले गरे अवलोकन


693
Shares

कैलाली । जालपादेवी केबलकार निर्माणको काम अहिले धमाधम अघि बढिरहेको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ को राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकार निर्माण कार्य तीव्र गतिमा जारी छ।

निर्माणाधीन केबलकारमा ३४ वटा गोन्डोला रहनेछन् । तल्लो स्टेसनमा होटल, क्यासिनो, ब्यांक्वेटहल लगायतका पूर्वाधार तथा माथिल्लो स्टेसनमा रिसोर्ट, मन्दिर, वाकिङ ट्रेल, रेस्टुरेन्ट र चिल्ड्रेन पार्कसमेत निर्माणाधीन छन् । परियोजनाको कुल लागत करिब ५ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ।

सोमबार अर्थमन्त्री रामेश्वर खनालले स्थलमै पुगेर केबलकारको प्रगति अवलोकन गरेका छन् । अवलोकनपछि जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्रीको भ्रमणले निर्माण टोली थप उत्साहित बनेको बताए । उनले यो परियोजना सुदूरपश्चिम प्रदेशकै “गेम चेन्जर” परियोजना बन्ने दाबी गरे ।

उक्त केबलकार परियोजनाको २०८१ पुस १३ गते शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्