Logo
Logo

प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा


1.1k
Shares

काठमाडौं । प्रभु बैंकका एक सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसूरमा अनुसन्धान गरिरहेकै समयमा सञ्चालक श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठ सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । कम्पनी सचिव अमित भण्डारीका अनुसार उनले दिएको राजीनामा बुधवार बसेको सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ ।

सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ र बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्