
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले पाँच प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात वितरण हुनेछ । बैंकले तीन वर्षदेखि समान २१.०५ प्रतिशत लाभांश दिँदै आएको छ । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ हाराहारीमा छ ।











