Logo
Logo

६२ वर्षमा वैद्यज् अर्गनाइजेशन 


315
Shares

काठमाडौं । वैद्यज् अर्गनाइजेशन अफ इण्डष्ट्रिजको ६२ औँ वार्षिकउत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ ।

वैद्यज् अर्गनाइजेशनको ६२ औँ वार्षिक उत्सवको आज एक समारोहबीच अर्गनाइजेशनका म्यानेजिङ डाइरेक्टर ऋतु सिंह वैद्यले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । सो समारोहमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई अर्गनाइजेशनका अध्यक्ष सुरज वैद्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
 
उक्त समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलले सम्बोधन गर्नुभएको थियो । समारोहमा अर्गनाइजेशनका अध्यक्ष सुरज वैद्यले ३० वर्ष सेवा गरेका कर्मचारीहरू मोहन सिंह बस्नेत किरण श्रेष्ठ र ममता श्रेष्ठलाई “सत्य अवार्ड”द्धारा सम्मान गरिएको थियो । 

समारोहमा अर्गनाइजेशनका तेस्रो पुस्ताका युवा सुर्याशं वैद्यले अर्गनाइजेशनको विगत, वर्तमान र भविष्यकाबारेमा चर्चा गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्