Logo
Logo

बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर, कसको कति ?


945
Shares

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।

पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२७ प्रतिशत घटेर औसत ४.७६ प्रतिशतमा झरेको छ । जबकि मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो ।

यस्तै, पुसमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.२१ प्रतिशत घटेर ३.३७ प्रतिशतमा झरेको छ । पुसका लागि १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

यस्तै, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।

पुसमा सबैभन्दा धेरै हिमालयन बैंकले ब्याजदर घटाएको छ । हिमालयनले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.५० प्रतिशत घटाएर ४ प्रतिशत र संस्थागततर्फ १.४५ प्रतिशत घटाएर २.८० प्रतिशतमा झारेको छ । यसअघि मंसिरमा व्यक्तिगततर्फ ५.५० प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकहरुकात्तिकमंसिरपुस
नबिल४.९५४.७५४.५५
नेपाल इन्भेष्टमेन्ट मेगा५.२५
माछापुच्छ्रे
हिमालयन५.५०
नेपाल एसबिआई४.८०४.५५
एभरेष्ट४.७५
एनआईसी एसिया५.७५
स्ट्यान्डर्ड चार्टर्ड४.७०४.६०
लक्ष्मी सनराइज४.७५
कुमारी४.०१४.९१४.५३
सिद्धार्थ५.५
सानिमा५.१५३.७५
एनएमबि
प्रभु४.९५४.९५४.५५
ग्लोबल आइएमई५.५०
सिटिजन्स्४.७५४.७५
प्राइम कमर्सियल४.७५४.२५
कृषि विकास४.९५४.७०४.५५
नेपाल बैंक५.२५५.२५५.१०
राष्ट्रिय वाणिज्य बैंक५.५५.५

प्रतिक्रिया दिनुहोस्