
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने भएका छन् । मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका उनले आगामी शुक्रबार विश्वासको मत लिने निर्णय गरेका हुन् ।
विश्वासको मत लिन ढिलाइ भएका कारण उनले मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन् । कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव मङ्सिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले मङ्सिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।











