काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

२०८२ भदौ २३ र २४ गते मुलुकमा भएको जेन्जी युवा समुहको आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले कार्यालय संचालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रलाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रा. डा. मिश्रले बैंकद्वारा गरिएको कम्प्युटर हस्तान्तरणले एशोसिएशनमा काम गर्नको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बोल्दै बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता भट्टराईले नेपाल बार एशोसिएशनको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे।
उक्त कार्यक्रममा बैंकका सिएसआर विभाग प्रमुख सुशिल पौडेल, बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।











