Logo
Logo

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने


378
Shares

काठमाडौं । नेपाल टेलिकमलेले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले ३० प्रतिशतका दरले ५ अर्ब ४० करोड रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो ।

लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृहमा १८औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

सभाले पारित गरेको उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्