
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
राप्रपाको केन्द्रीय समितिले शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको हो । जसमा शाही जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।












