
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका छन् ।
बुधबार १ सय दिनको काम सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट पछि हट्ने सोचमा नभएको र नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका हुन् ।
‘म मन्त्रीका रूपमा आएपछि राजनीतिक हिसाबले पनि इन्ट्री गरेको हुँ । मन्त्रीको हैसियतले जिम्मेवारी बहन गर्दै अघि बढिरहेको छु । उपयुक्त समयमा चुनावका लागि आवश्यक निर्णय लिनेछौँ,’ उनले भने ।
मन्त्री घिसिङले आगामी चुनावमार्फत नयाँ सक्षम नेतृत्व ल्याउन र देशमा स्थायी परिवर्तन सुनिश्चित गर्न सबै नयाँ शक्तिलाई एकजुट हुने प्रतिवद्धता व्यक्त गरे ।












