
काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका तथा प्रभावित राजनीतिक दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोही क्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रास्वपाको कार्यालय भने सुरक्षित रहेको थियो । आन्दोलनका बेला अन्य प्रमुख राजनीतिक दलका कार्यालयहरूमा भने क्षति पुगेको थियो ।
यसअघि उक्त टोलीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपासहितका विभिन्न दलका कार्यालयहरूको अनुगमन गरिसकेको छ ।
आजको अनुगमनमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए । टोलीले रास्वपाका उपसभापति डीपी अर्याललगायत नेताहरूसँग भेटघाट र संवाद गरेको छ ।












