Logo
Logo

एलिजाले छाडिन् जनादेश पार्टी, बनिन् आजपा उपाध्यक्ष


3k
Shares

काठमाडौं । जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन् । पत्रकार ऋषि धमला पत्नी समेत रहेकी उनी जनादेश पार्टी छाडेर प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी हुन् ।

उनले आफु आजपामा प्रवेश गरेको र उपाध्यक्षको जिम्मेवारी पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन गरिएको जनादेश पार्टीमा एलिजा केन्द्रीय सदस्यको सूचीमा थिइन् । २५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश हुँदा एलिजा पनि गएकी थिइन् । तर एक महिनामै बुधबार उनी जनादेश पार्टी छाडेर प्रभु साह नेतृत्वको आजपातिर लागेकी हुन् ।

उनले पार्टीलाई सबल र जनप्रिय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै आफ्ना ‘एजेण्डा’ सार्वजनिक गरेकी छन् ।
यस्ता छन् एलिजाका ‘एजेण्डा’हरु –

१. देशमा विकास गराउन पहल गर्ने

२. नेपाललाई सम्पन्न तथा समृद्ध बनाउने

३. भ्रष्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गर्ने

४. देशमा सुशासन ल्याउने र जनताको काम समयमै हुने वातावरण सृजना गर्ने

५. भुइँ मान्छेको एजेन्डा बोकेर अघि बढ्ने

६. देशका जनताको पक्षमा काम गर्ने

७. व्यक्तिगत स्वार्थ छोडेर राष्ट्रको हितलाई सर्वोपरि राखेर अघि बढ्ने

८. पीडितको पक्षमा उभिने र अन्यायमा परेको मानिसलाई न्याय दिने

९. महिला सशक्तीकरणका लागि निरन्तर काम गर्ने

१०. मजदुरको लागि काम गर्ने ।

प्रतिक्रिया दिनुहोस्