Logo
Logo

गुरू बराल एमालेको समानुपातिक सूचीमा


882
Shares

काठमाडौं । नेकपा एमालेका नेता गुरु बराल प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको सूचीमा सिफारिस भएका छन् ।

एमाले मोरङले फागुन २१ हुने निर्वाचनका लागि समानुपातिकतर्फ बरालसहित १६ जनाको नाम सिफारिस गरेको हो । जिल्लाबाट आकांक्षी नेताको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको सचिव सोमराज थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटीबाट बरालसँगै नरेश पोखरेल, भुराज राई, शान्ति लिम्बू, धना तामाङ, रामलाल साह, सत्यनारायण चौधरी, खेम नेपालीलगायतको नाम सिफारिस भएको छ । प्रदेशले आकांक्षी सूची आज केन्द्रमा पठाउनेछ ।‍

समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका बराल पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्