Logo
Logo

कोशी प्रदेशमा मन्त्रीपरिवर्तन: कांग्रेस-एमएलएको ५/५ नयाँ मन्त्री नियुक्त


1.5k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डलमा ठूलो फेरबदल गर्दै सबै पुराना मन्त्रीहरू हटाएका छन् र नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: koshi-mantri.jpg

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नयाँ मन्त्रीमण्डलमा कांग्रेस र एमालेबीच समान भागबण्डा मिलाइएको छ । दुवै दलबाट समान ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।

नयाँ नियुक्त मन्त्रीहरूको जिम्मेवारी यस प्रकार छ

प्रदीपकुमार सुनुवार- भौतिक पूर्वाधार विकास मन्त्रालय
भीम पराजुली- पर्यटन, वन तथा वातावरण मन्त्रालय
तिलचन पाठक- पानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय
इन्द्रमणि पराजुली- आन्तरिक मामिला तथा कानुन मन्त्रालय
विदुरकुमार लिङ्थेप- आर्थिक मामिला तथा योजना मन्त्रालय
रामप्रसाद महतो- सामाजिक विकास मन्त्रालय
मानबहादुर लिम्बू- स्वास्थ्य मन्त्रालय
इसाइल मन्सुरी- उद्योग, कृषि तथा सहकारी मन्त्रालय

राज्यमन्त्रीमा शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास मन्त्रालय र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्