Logo
Logo

कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री सहयोग


315
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको अन्नपूर्ण-३, पाउँदुरस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेसनरी तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले सामाजिक–आर्थिक रूपमा पछाडि परेका, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धिमा बैंकले गरेको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले यस किसिमको सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा जगाउने समेत बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्