Logo
Logo

बीमा कम्पनीहरूलाई सबै भुक्तानी विद्युतीय माध्यमबाट गर्न प्राधिकरणको निर्देशन


315
Shares

काठमाडौं । बीमा प्राधिकरणले सञ्चालनमा रहेका बीमा कम्पनीहरूले आउँदो १ माघदेखि सबै प्रकारका भुक्तानी विद्युतीय माध्यम (बैङ्किङ प्रणाली) बाट  गर्न निर्देशन दिएको छ । 

The current image has no alternative text. The file name is: beema.gif

मङ्गलवार प्राधिकरणले परिपत्र जारी गर्दै सबै बिमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणले निर्देशनमा भनेको छ, ‘त्यहाँबाट हुने सबै प्रकारको भुक्तानीहरू माघ १ देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैङ्क खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्णायनुसार परिपत्र गरिएको छ ।’

हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा, पुनर्बीमा कम्पनी तथा इजाजत प्राप्त बीमा दलालहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्