Logo
Logo

लुम्बिनीबाट नेकपाका तीन जनाको मनोनयन दर्ता


1.1k
Shares

बुटवल । लुम्बिनी प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टी नेकपाका तीन जनाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।

The current image has no alternative text. The file name is: lumbini.jpg

अपाङ्गता तर्फ बाँके जिल्लाको बैजनाथ गाउँपालिका-५ निवासी सर्जन विकले उम्मेदवारी दिएका छन् । उनका प्रस्तावक प्रदेश सभा सदस्य दीपेन्द्र घर्ती र समर्थक प्रदेश सभा सदस्य दिलकुमारी बुढा हुन् ।

अरू तर्फ बृहस्पति अधिकारीले पनि मनोनयन दर्ता गरेका छन् । उनका प्रस्तावक लुम्बिनी प्रदेश सभा सदस्य यमबहादुर नेपाली र समर्थक अर्का प्रदेश सभा सदस्य मिना बुढा हुन् ।

महिला तर्फ दुर्गा भण्डारीले उम्मेदवारी दिएकी छिन् । उनका प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रजीत चौधरी र समर्थक गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा रहेका छन् । नेकपाका साबिक लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्