काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत Breathe of Life (बाल आश्रम)लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमकी सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो। हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकता, शिक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्न यस किसिमको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्दै यसले आश्रममा आश्रित बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए ।
त्यस्तै, बैंकका कोशी प्रदेश प्रमुख भुसालले आश्रममा वितरण गरिएको खाद्यान्न तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा टेवा पुर्याउने उल्लेख गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै हातेमालो गर्न पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा उप–मेयर नितु थापा कोइराला, वडा अध्यक्ष योगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरू, बाल आश्रमका सहभागी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












