काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्ले) झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको विमान दुर्घटनाको छानबिनका लागि वरिष्ठ क्याप्टेन बिनोद पुरीलाई अनुसन्धानकर्ता तोकेको छ।

मन्त्रिपरिषद्को पुस २१ गतेको निर्णयअनुसार, पुस १८ गते चन्द्रगढी विमानस्थलमा दुर्घटनाग्रस्त भएको बुद्ध एयरको 9N-AMF वायुयानबारे जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी उनलाई दिइएको हो ।
गैरनागरिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ को नियम ९ को उपनियम ९२० अनुसार पुरीलाई उक्त दुर्घटनाको औपचारिक अनुसन्धानकर्ता नियुक्त गरिएको सरकारद्वारा जनाइएको छ ।












