Logo
Logo

अस्तित्वको लडाइँमा कांग्रेस, सुधारको मार्ग कि दुर्घटनाको यात्रा ?


1.1k
Shares

नेपाली राजनीतिमा आज सबैभन्दा पेचिलो प्रश्न एउटै छ– के नेपाली कांग्रेस विभाजनको सँघारमा उभिएकै हो ? कांग्रेसभित्रको शक्ति संघर्ष हेर्दा यो दल स्वेच्छाले होइन, परिस्थितिले धकेलेर फुटतर्फ लैजाँदैछ । बाहिर नेताहरू ‘बरु विष पिउँला, पार्टी फुट्न दिँदैनौँ’ भन्दै कसम खाइरहेका छन् । तर भित्री यथार्थ फरक छ । फुटको त्रास भुसको आगोजस्तै सल्किरहेको छ ।

देशको सबैभन्दा जेठो र लोकतन्त्रको मियो मानिने दल आज आत्मविश्वासले होइन, आशंकाले चलिरहेको छ । सिद्धान्तभन्दा सत्ता, संगठनभन्दा गुट, भविष्यभन्दा स्वार्थ हाबी भएको छ । स्वार्थको दाउपेचले रुमल्लिएको कांग्रेसको डुङ्गा अब कता मोडिएला ? नेपाली राजनीतिमा नेपाली कांग्रेसको भूमिका सधैं मियोको रूपमा रहँदै आएको छ ।

यो दलले नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको गौरवशाली इतिहास बोकेको छ । तर आज, आफ्नै आन्तरिक कलहले कांग्रेसलाई थिलथिलो बनाइरहेको छ । महाधिवेशनको किचलोले सबैलाई एउटै प्रश्न सोच्न बाध्य बनाएको छ– कांग्रेस फुट्ला कि जुट्ला ?

कांग्रेसका शीर्ष नेताहरू सार्वजनिक मञ्चमा ‘बरु विष पिउँला, पार्टी फुट्न दिँदैनौँ’ भन्दै एकताका कसम खाइरहेका छन् । तर यस्ता भाषणहरू आफैंमा डरको प्रमाण बनेका छन् । किनकि जहाँ एकताको कुरा बारम्बार दोहोरिन्छ, त्यहीँ फुटको सम्भावना सबभन्दा बढी हुन्छ । कांग्रेसभित्रको यथार्थ यही हो– फुटको त्रास भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको छ ।

पूरा समाचार भिडिओमा:

प्रतिक्रिया दिनुहोस्