काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन-पे कार्ड सेवा ल्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन-पे कार्डको औपचारिक शुभारम्भ गरेको हो । युनियन-पे कार्डको सुरुवातसँगै बैङ्कले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।
नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन-पे कार्डमार्फत ग्राहक वर्गहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन् । विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउने छ ।
यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैङ्कले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन-पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ । सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहक वर्गहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन् । इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैङ्कले जानकारी गराएको छ ।
यस कार्डको शुभारम्भमार्फत एनआईएमबी बैङ्कले डिजिटल बैङ्किङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड-आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ। आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक-मैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहने बैङ्कले जनाएको छ ।
बैङ्कले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैङ्किङ मार्फत अत्याधुनिक बैङ्किङ सेवा प्रदान गरिरहेको छ ।












