Logo
Logo

कलाकार बिएस राणाको निधन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ माघ ।
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।


स्वासप्रश्वासमा समस्या देखिएपछि राणालाई एक हप्ता अगाडि अस्पताल भर्ना गरिएको थियो । राणाले अभिनय गरेका दर्पण छाया २, सेतो बाघ, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, नेपाली बाबु, चिनो लगायतका चलचित्रहरु चर्चित बनेका थिए । पछिल्लो पटक उनले टिभी श्रृंखला सिंहदरबारमा पनि अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्