Logo
Logo

द्रव्यलाभ साकोसको १५औँ वार्षिक साधारणसभा सम्पन्न


1.3k
Shares

काठमाडौँ, २६ पुस । काठमाडौं महानगरपालिका–२२ मा रहेको द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा पुस २६ गते सुनकोशी गाउँपालिका अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

संस्थाका अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्सवमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले चुक्ता पुँजी ४ करोड ५३ लाख ८८ हजार रहेको संस्थाले ३० करोड ७ लाख ३३ हजार निक्षेप संकलन गरी १८ करोड ७३ लाख ८२ हजार लगानी गरेको जानकारी दिनुभयो ।

संस्थाका सचिव प्रकाश भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष लालबहादुर बस्नेतले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक प्रेमबहादुर श्रेष्ठले ऋण लगानी प्रतिवेदन र लेखा समितिको प्रतिवेदन समिति सदस्य पूर्णबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले उक्त प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य भरतबहादुर भण्डारी, उत्कृष्ट कर्मचारी पवित्रा मल्ल ठकुरी, असल बचतकर्ता विनोद तिमिल्सिना, असल ऋणीतर्फ सुरज श्रेष्ठ र एसइईमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका शेयर सदस्यका छोराछोरी छात्रातर्फ कृतज्ञा तिमिल्सिना र छात्रतर्फ ब्रिजन कार्कीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्