Logo
Logo

मोदीले साना किसानलाई वार्षिक ६००० दिने घोषणा


- दृष्टि न्युज/संवाददाता



माघ १८ गते भारतको संसदमा अन्तरिम वजेट पेश भएको छ ।

मोदी सरकारले यस अन्तरिम वजेट मार्फत २ हेक्टर भन्दा कम जमीन भएका भारतीय किसानलाई वार्षिक ६००० भारु दिने घोषणा गरेकोछ ।

भारतीय संसदमा अन्तरिम वजेट पेश गर्र्दै भारतका अन्तरिम अर्थमन्त्री पियूष गोयलले सो घोषणा गरेका हुन् ।

यस योजनावाट करिव १२ करोड साना किसानहरु लाभान्वित हुने जनाइएकोछ ।

मोदी सरकार आगामी मार्च अप्रिलमा हुने संसदिय चुनावमा हार्न सक्ने मत सर्वेक्षण रिपोर्ट आइरहेको वेला किसानहरुलाई फकाउन सो योजना ल्याइएको विश्लेषकहरुको भनाइ रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्