Logo
Logo

२१ फागुनको चुनाव नलड्ने पूर्वमन्त्री थानीको घोषणा


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । उनले सूचना नै निकालेर आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलताको बिचबाट गुज्रीरहेको उल्लेख गर्दै उनले संविधानलाई लिकमा ल्याउन आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएका छन् । साथै उनले आफुले निर्वाचन नलड्ने घोषणा गर्नुको पछाडी आफ्नो स्वास्थ्य अवस्था देदाएका छन् ।

‘मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु’ उनले भनेका छन् ।

उनको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि कांग्रेसको तर्फबाट उम्मेदवार सिफारीस भएको छ ।

तर, आफू करिब २ महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याले गर्दा सहजरुपमा हिडडुल गर्न समेत नसकिरहेको उल्लेख गर्दै उनले डाक्टरको सल्लाह बमोजिम हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरिरहेको बताएका छन् ।

६५ वर्षीय थानी २०५६ सालमै संघीय सांसद भइसकेका थिए । २०५६ मा प्रतिनिधि सभा सदस्य भए । २०७० मा संविधान सभा सदस्य भएर संविधान निर्माणमा भूमिका खेले । २०७९ मा पनि प्रतिनिधिसभा सदस्य भए । उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्