Logo
Logo

कामना सेवा विकास बैङ्कद्धारा आधारभूत स्वास्थ्य केन्द्र, झापालाई वाटर डिस्पेन्सर हस्तान्तरण


378
Shares

 
झापा  । कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय इट्टाभट्टा मार्फत मेचीनगर नगरपालिका ०८, झापा, सृजनाचोक स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

The current image has no alternative text. The file name is: kaman-bank-2.jpg

बैङ्कका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई मेचीनगर नगरपालिका ०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितीमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैङ्कको सहयोगबाट उक्त स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामीहरू लाभान्वित हुने तर विशेष गरी गरिब तथा असहाय सेवाग्राहीहरूका लागि यो सुविधाले सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गर्नुभएकोमा बैङ्कलाई धन्यवाद पनि ज्ञापन गरे ।

यससँगै बैङ्कले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने छ  ।

प्रतिक्रिया दिनुहोस्