Logo
Logo

नमोबुद्धमा ईटा भट्टा खुलेपछि बिरामी बढे, जनप्रतिनिधि नै माफियाको पक्षमा


- दृष्टि न्युज/संवाददाता



काभ्रे, १८ माघ ।
काभ्रेको नमोबुद्ध नगरपालिकामा ईटा भट्टाहरु खुलेसँगै बिरामीहरु बढेका छन् । बृद्धहरुलाई त भट्टाको धुँवाले धेरै गाह्रो बनाएको स्थानीयले बताएका छन् ।


नगरपालिकाले गत वर्ष भट्टाहरु बन्द गर्ने निर्णय गरेपछि एक महिनाअघि व्यवसायीको दबाब थेग्न नसकी असार मसान्तसम्म खोल्न दिने निर्णय गरेको थियो । जसकारण अहिले भकुण्डेबेशी आसपासका बासिन्दाहरुमा त्यसको असर देखिएको छ । भट्टाको धुँवा सिधैं घर घरसम्म पुग्ने भएकाले बिरामी बढेका छन् ।
वडा अध्यक्षहरु नै भट्टा खोल्ने अभियानमा लागेपछि मेयर टिपी शर्मा पछि हटेका हुन् । उनलाई आफन्ै छोराहरुले समेत यसका लागि दबाब दिएका थिए । तर, मेयर पछि हटेबाट स्थानीयहरु भने रुष्ट बनेका छन् ।

भट्टा उद्योबाट निस्किएको कालो धुँवा र कणले स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको प्रमाण सहित नगरपालिकामा गत वर्ष ३३ वटा संस्थाका हजारौ ब्यक्तिहरुले ज्ञापन पत्र बुझाएका थिए । खोलाको पानी फोहोर भएको, पानीका मुहानहरु सुक्दै गएको, खेतियोग्य जमिन मरुभूमिमा परिणत भएको तथा मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको स्थानीयहरुको ज्ञापनपत्र उल्लेख गरिएको थियो । नमोबुध्द नगरपालिकामा अबस्थित इटटा उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण सम्बन्धी कार्यको अध्ययन ÷अनुगमन प्रतिवेदन मार्फत भट्टाहरुले संचालन अनुमति प्राप्त गर्दा पालना गर्नु पर्ने कुनै पनि शर्तहरु पालना नगरेकाले तत्काल बन्द गर्न निर्देशन दिइएको थियो ।

वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागका प्राविधिक उपसचिव पदमिरा डंगोलले नमोबुद्धमा संचालन भएका इटा उद्योगहरुले नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड उद्योगिहरुले कार्यान्वयन गरेको नपाइएको, उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण गर्नको लागि चिम्नीमा हुनुपर्ने भ¥याङ र पेलेटफर्म नहुदाँ सवै उद्योगहरु बाट नमूना संकलन गर्न नसकिएको, उद्योगिहरुले उक्त मापदण्डको बारेमा जानकारी नभएको बताएको, शिब शक्ति इटा उद्योग, नमोबुध्द नगरपालिका २ मा स्याम्प्लीङ होल भए पनि नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड अनुरुप स्याम्प्लीङ प्वाईन्ट र स्याम्प्लीङ प्लेटफर्म नभएको, आईईको प्रतिबेदनमा प्रतिबद्धता गरिए अनुसार पालन नगरिएको प्रतिवेदन बुझाएको थियो ।

भैरब कुण्ड इटा उद्योग, नमोबुध्द नगरपालिका २, जय शिब शक्ति इटा उद्योग, नमोबुध्द नगरपालिका ३, पंंचकन्या इटा उद्योग, नमोबुध्द नगरपालिका ३, शंकर इटा उद्योग, नमोबुध्द नगरपालिका ३ र शिब शक्ति इटा उद्योग, नमोबुध्द नगरपालिका २ मा स्थलगत अध्ययन गरिएको थियो । उल्लेखित उद्योगहरुको स्थलगत अध्ययनका क्रममा चिम्नीको उचाई नाप तथा धुँवाको नमूना परिक्षण गरी मापदण्डको कार्यन्वयन अवस्था पत्ता लगाउन नमूना संकलन गरी परिक्षणको लागि प्रयोगशालामा लगिएको थियो ।

प्रयोगशालाबाट चिम्निहरुमा स्याम्प्लीङ प्वाईन्ट र प्लेटफर्म नभएको, कालो धुँवा चिम्निबाट निस्किएको, चिम्निको भटिको तापकम बढि मात्रामा भएको, प्रदुुषण रोकथामका कुनैपनि कार्यहरु नगरिएको, प्रदुुषणको परिमाण एबं धुलोका कणहरुलाइ कम गर्न कुनैपनि कार्य नगरिएको देखिएको थियो । नमोबुद्ध नगरपालिकालाई वातावरण मैत्री नगर बनाउने २०७४ जेष्ठ १० गतेको प्रतिवद्धता गर्ने नगर प्रमुख टिपी शर्माको अभियान हावा खाएको छ । स्थानीयहरु समेत आक्रोशित भएका छन् ।
स्रोतका अनुसार वडा नम्बर २ का अध्यक्ष संजीव खड्का र ७ का रामकृष्ण उपाध्याय नै व्यवसायीको पक्षमा थिए । उपाध्यायले त आफ्नो जग्गा समेत भट्टा चलाउन भाडामा दिएका छन् ।
भट्टाका कारण स्वास्थ्यमा गम्भीर असर परेपनि स्थानीयहरुले नगरपालिकाविरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्