Logo
Logo

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि चल्ने


315
Shares

काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ । स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ ।

एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्ग सहित) उपलब्ध छ । साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम तुरुन्तै प्राप्त गर्न सकिन्छ ।

यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था छ । मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ ।

डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपा: एप एक प्रभावकारी समाधानका रूपमा आएको छ । एप सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्