Logo
Logo

नेशनल लाईफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न


189
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यसहित सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित होटल द किंग्सबरीमा आयोजित कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कोशी प्रदेशबाट योग्य ठहरिएका ३०० जना अभिकर्ताहरूलाई कार्यक्रममा सम्मान गरिएको छ ।

कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा कोशी प्रदेश अन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

द्वीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभयो । साथै सो प्रदेशबाट आफ्नो कोड र सञ्जालतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा कम्पनीको वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको ‘नेशनल अवार्ड’ योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादाले सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओ क्लब र नेशनल अवार्ड जस्ता योजनामार्फत योग्य अभिकर्ताहरूलाई प्रदेशस्तरमै सम्मान गर्न पाउँदा खुशी लागेको बताए। उनले सिइओ क्लब कार्यक्रमअन्तर्गत देशभरबाट १६ सयभन्दा बढी अभिकर्ता छनोट हुनुले योजना अत्यन्त सफल भएको प्रमाणित गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै तहका अभिकर्ताहरूलाई उत्प्रेरित गर्ने यस्ता कार्यक्रम निरन्तर ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेका थिए । तालिमपछि सहभागि अभिकर्ताहरूले थप ऊर्जा र प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिँदै आफ्नै प्रदेशमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्