Logo
Logo

चितवन–३ मा ‘महासंग्राम’: अनुभवको विरासत भर्सेस जोसको विकल्प


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक उभारको उर्वर भूमि हो– चितवन । यही भूमिले रवि लामिछानेलाई टेलिभिजन स्टुडियोबाट सिधै संसद्को मञ्चसम्म पु¥यायो । रास्वपाको राष्ट्रिय राजनीतिको केन्द्रमा चितवनको भूमिका केवल भोट बैंकको मात्र होइन, ‘राजनीतिक प्रयोगशाला’को समेत हो । चितवनवासीले रवि लामिछानेलाई दुई–दुई पटक प्रतिनिधिसभामा पठाइसकेका छन् । र, अब त्यही चितवनमा अर्को राजनीतिक भिडन्तको घण्टी बजिसकेको छ ।

यतिबेला चितवन–३ को चुनावी सरगर्मीले राष्ट्रिय ध्यान खिचेको छ । एकातिर ‘चितवनकी छोरी’को उपनामले स्थापित, विकासप्रेमी छविकी रेणु दाहाल छन् भने अर्कोतिर रास्वपाकी प्रखर वक्ता एवं ऊर्जाशील नेतृ सोविता गौतम । यो भिडन्त केवल दुई व्यक्तिको मात्र होइन, यो ‘अनुभव र विरासत’ विरुद्ध ‘जोस र विकल्प’ बीचको महासंग्राम हो ।

बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्