Logo
Logo

दुर्घटनामा एसपीको दुर्घटना प्रकरणः चालकलाई ज्यान मुद्दा


- दृष्टि न्युज/संवाददाता



बारा, १८ माघ । जिल्ला प्रशासन कार्यालय बाराका सवारी चालक जगतनारायण कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार नियन्त्रणमा लिएको छ। उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइने भएको छ।


माघ १२ गते भएको सवारी दुर्घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरीले चालक कुर्मीलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक रञ्जितसिँह राठौरले जानकारी दिए। दुर्घटनामा बाराका सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका थिए।

निजगढबाट पिकनिकमा सहभागी भएर फर्किने क्रममा उनीहरु सवार ना १ झ १६३३ नम्बरको सरकारी गाडी सिमरा पसाहा पुल नजिकै रोकिराखेको ट्र्याक्टरको टेलरमा ठोक्किएर दुर्घटना भएको थियो।

चालक कुर्मीलाई शुक्रबार नै जिल्ला अदालत बारामा पेश गरी सवारी ज्यान मुदा दर्ता गरेर अनुसन्धान अगाडि बढाइने प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्