काठमाडौं । नबिल बैङ्कले खुद नाफामा साउनदेखि पुससम्मको अवधिमा डेढ अर्बले बढेको छ । बिहीबार सार्वजनिक भएको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा १ अर्ब ५१ करोड ५३ लाख ६४ हजारले बढेको देखिएको हो ।

बैङ्कले पुससम्म ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा नबिल बैङ्कले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
त्यसैगरी यो अवधिमा खुद वितरणयोग्य नाफा पनि बैङ्कले बढाएको छ । यो अवधिमा २ अर्ब ७९ करोड ९६ लाख ५१ हजार रुपैयाँ खुद वितरणयोग्य नाफा गरेको छ । गत वर्ष १ अर्ब ५१ करोड ४५ लाख ३१ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । बैङ्कको कुल वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रहेको छ। गत वर्ष यही अवधिमा यस्तो नाफा १ अर्ब ८९ करोड १७ लाख ३५ हजार रुपैयाँ थियो ।
पुससम्म बैङ्कको वार्षिक वितरणयोग्य नाफा प्रतिसेयर २२.५० रुपैयाँ छ। गत वर्ष यस्तो नाफा प्रतिसेयर ९.३८ रुपैयाँ थियो । बैङ्कको कुल सम्पत्ति पुससम्म ६ खर्ब ९७ अर्ब बढी छ। गत वर्ष ६ खर्ब ३६ अर्ब बढी थियो ।
गत वर्ष ५ खर्ब ७४ अर्ब बढी कुल दायित्व रहेकामा यस वर्ष ६ महिनामा ६ खर्ब २८ अर्ब नाघेको छ। यो अवधिमा बैङ्कको कुल पुँजी पुससम्म ६८ अर्ब ७५ करोड रहेको छ। गत वर्ष ६२ अर्ब ५३ करोड रहेको थियो।
पुससम्म बैङ्कले ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा यो १ अर्ब ९१ अर्ब बढी हो । गत वर्ष ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । त्यसैगरी बैङ्कले पुससम्म १ अर्ब ६१ करोड १३ लाख २७ हजार खुद शुल्क र कमिसन आय गरेको छ । यस्तो आय गत वर्ष १ अर्ब ५१ करोड १४ लाख ४२ हजार रुपैयाँ थियो ।
बैङ्कको कुल सञ्चालन आय १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ छ । गत वर्ष १० अर्ब ६ करोड ९३ लाख ९९ हजार रुपैयाँ थियो । बैङ्कले यो अवधिमा १० अर्ब ६८ करोड ५ लाख ५५ हजार खुद सञ्चालन आय गरेको छ । गत वर्ष ८ अर्ब ७१ करोड ८३ लाख ९० हजार रुपैयाँ थियो ।
६ महिनामा बैङ्कले सञ्चालन नाफा ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार गरेको छ । गत वर्ष यस्तो नाफा ५ अर्ब १७ करोड ७४ लाख १० हजार थियो । त्यस्तै आयकरअघिको नाफा ६ अर्ब ६१ करोड ४२ लाख रहेको छ । गत वर्ष यस्तो नाफा गत वर्ष ४ अर्ब ६३ करोड ६४ लाख २२ हजार रुपैयाँ थियो ।
बैङ्कले यस अवधिमा निष्क्रिय कर्जामा समेत सुधार गर्न सफल भएको छ। पुससम्म बैङ्कको कुल निष्क्रिय कर्जा ४.२५ प्रतिशतमा झरेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४.९३ प्रतिशत थियो ।
खुद निष्क्रिय कर्जामा पनि सुधार गरेको बैङ्कले ०.८८ प्रतिशतमा सीमित पारेको छ । गत वर्ष यस्तो कर्जा १.७० प्रतिशत थियो । पुससम्म बैङ्कले कुल निष्क्रिय कर्जामा राखेको प्रोभिजन १११.९७ प्रतिशत रहेको छ । गत वर्ष ९५.२५ प्रतिशत थियो ।
बैङ्कको तीन महिनाको औसत आधार दर ५.०४ प्रतिशत रहेको छ। गत वर्ष ६.३१ प्रतिशत थियो । त्यस्तै, स्वपुँजीमा वार्षिक प्रतिफल १४.५४ प्रतिशत रहेको छ । गत वर्ष ११.०३ प्रतिशत थियो । यसबाहेक वार्षिक सम्पत्तिमा प्रतिफल १.४३ प्रतिशत रहेको छ । जुन गत वर्ष १.१४ प्रतिशत थियो ।











