Logo
Logo

चितवन–२ मा रवि लामिछानेलाई चुनौती


1k
Shares

काठमाडौं । सहकारी ठगी आरोपमा देशका पाँच वटा अदालतमा मुद्धा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीत सहज भएपनि प्रश्नहरुको सामाना भने धेरै गर्नुपर्नेछ । रास्वपाले आफ्नो आधार क्षेत्र मान्दै आएको चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने तेस्रोपटक उम्मेदबारी वारेस नामामार्फत दिदै गर्दा उनी सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइको लागि वीरगन्जमा रहेका थिए । जसले गर्दा वारेशनामा मार्फत उम्मेदवारी दर्ता गराउनु परेको पछिल्लो परिस्थितिमा प्रश्नहरुको सामाना गर्नुपर्ने अवस्था देखिएको छ ।

चितवन क्षेत्र नं. २ मा लामिछानेले तेस्रोपटक उम्मेदवारी दिएका हुन् । त्यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले नयाँ उम्मेदवारलाई मौका दिएका छन् । कांग्रेसले महिला अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा ३५ वर्षदेखि काम गर्दै आएकी मिना खरेललाई उम्मेदवार बनाएको छ । कांग्रेसकै अन्य उम्मेदवार हुँदा असहयोग हुन सक्ने अवस्था रहे पनि खरेलका नाममा भने कांग्रेसभित्र एकता छ ।

भरतपुर महानगरपालिका वडा नं. ४ घर भएकी खरेल जिल्लामा परिचित छिन् । कांग्रेस उम्मेदवार खरेलले सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभवलाई राजनीतिक क्षेत्रमा जोडिएकी हुन् ।

एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेवार बनेका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका घिमिरे जनवादी गायक हुन् । अनेरास्ववियूको राजनीति गरेका घिमिरे आफ्नो क्षेत्रका युवाहरूलाई परेको बेलामा सहयोग गर्न उद्दत हुन्छन् ।

चितवन क्षेत्र नं. २ बाट यसअघि उम्मेदवार बनेका कृष्णभक्त पोखरेल र रामप्रसाद न्यौपाने उम्मेदवार बन्न तयार नभएपछि एमालेले युवा नेता घिमिरेलाई निर्वाचनमा उठाएको हो । घिमिरेले चितवन २ का भएका कारण पनि रविका लागि चुनौति बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीले प्रताप गुरूङलाई उम्मेदबार बनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा रहेको चितवन क्षेत्र नं. २ मा रवि लामिछाने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार २ सय ६४ मत ल्याएर विजयी बनेका थिए ।

त्यसपछि उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए । वैधानिकता सकिएको नेपाली नागरिकता लिएर उम्मेदवार बनेर विजयी भएको भन्दै सर्वोच्च अदालतको आदेशमा उनको सांसद पद खारेज भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर पुनः नेपाली नागरिकता लिएका लामिछानेले २०८० वैशाखमा भएको निर्वाचन पनि जिते ।

यसपटक उनले अघिल्लोपटकभन्दा बढी मत ल्याएका थिए । दोस्रोपटक निर्वाचित भएपछि पनि उनी उपप्रधानमन्त्री र गृहमन्त्री बने । तर, सहकारीको रकम अपचलन अभियोगमा संसदीय छानबिन समितिले दोषी ठहर गरेयता उनी विभिन्न जिल्लामा मुद्दा झेल्दै आएका छन् ।

अघिल्लो पटक लामिछानेले ४९२६४ भोट प्राप्त गरेका थिए उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाए । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४२८१ भोट बढी पाएका थिए ।

चितवन–२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो । यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए । स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै भएपनि रविले बचश्व कायम गर्दा उपनिर्वाचनमा झन बढी मत पाएका थिए ।

उपनिर्वाचनमा रविले ५४ हजार २७६ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका थिए । यसकारण अहिले पनि रविका लागि यो क्षेत्र सबैभन्दा सुरक्षित मानिए पनि चुनौती रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्