Logo
Logo

नेशनल लाइफ इन्स्योरेन्सको तीनदिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम पोखरामा सम्पन्न


0
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ‘ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ नाराका साथ तीनदिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ होटल ग्राण्ड पोखरामासम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कार्यक्रम उद्घाटन गर्दै बीमा व्यवसाय निरन्तर रुपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इण्टेलीजेन्स सम्बन्धी विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने आशय व्यक्त गर्नुभयो । उहाँले, कार्यसम्पादन मुल्यांकनको आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ मा उत्कृष्ट ठहरिएको सात जना कर्मचारीहरु रोहितकुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौला, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कर्मचारीहरुलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मदत पुग्ने गरी एआई (आर्टिफिसियल इण्टिेलिजेन्स) तालिमको व्यवस्था गरिएको बताउनुभयो । साथै उहाँले कर्मचारीहरुलाई बीमा व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने सम्पत्ती शुद्धिकरण सम्वन्धि तालिमको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इण्टेलीजेन्सका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै एआई सम्बन्धी विस्तृत गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

नियमनकारी निकाय नेपाल बी¬¬मा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकाले सुक्ष्म निगरानीमा राखी यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभयो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरूसहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरु गरी कुल २७० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्