Logo
Logo

काठमाडौंको किल्ला छोडेर मधेसमा गगनको जुवा- भिडियो


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि काठमाडौं–४ सुरक्षित किल्ला हो, जहाँबाट उनी पटकपटक निर्वाचित हुँदै आएका छन् । तर, यसपटक गगन त्यो अभेद्य किल्ला छोडेर सर्लाही–४ को अनिश्चित चुनावी मैदानमा होमिएका छन् । यो धेरैका लागि राजनीतिक कौतुहलको विषय बनेको छ । गगनका लागि पनि हो केवल एउटा निर्वाचन मात्रै होइन, ‘अग्निपरीक्षा’ हो । गगनलाई केवल ‘सेलिब्रेटी’ नेता मात्र बन्नु छैन, हिमालदेखि तराईसम्म स्वीकारिने ‘राष्ट्रिय नेता’ भएको प्रमाणित गर्नु छ ।

यद्यपि, गगनको यो यात्रा सहज भने देखिँदैन । उनका पूर्वसहकर्मी डा. अमरेशकुमार सिंह बाटो छेक्न पहाडझैँ उभिएका छन् । यो क्षेत्र अमरेशको पनि बलियो पकड भएको क्षेत्र हो, जहाँबाट उनी तीन पटक सांसद् बनिसकेका छन् । उनी पार्टीबाट मात्र नभई स्वतन्त्र उम्मेदवार बन्दा समेत विजयी भएका थिए । यसपटक त उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा छन् । रास्वपाको देशव्यापी लहर र बालेन शाहको क्रेजलाई भजाउँदै अमरेश गगनलाई रोक्न पूर्ण रूपमा विश्वस्त देखिन्छन् ।


बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्