
काठमाडौं । दार्चुलामा नेपाल प्रहरीका एक हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
हबलदार घर्तीको शव बंगाबगडको एक होटल पछाडि हत्या गरिएको अवस्थामा भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले जानकारी दिए ।
कुटेर हत्या गरिएको आशङ्कामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । सोधपुछको लागी ४ जना शङ्कितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।











