
झापा ५ पछि यतिबेला सर्वाधिक चासोको केन्द्र बनेको अर्काे क्षेत्र हो झापा– २ । जहाँ संसदको नेतृत्व गरिसकेका सभामुख, उपसभामुख र मन्त्री नै एकअर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । ‘हेभीवेट’सहित १८ उम्मेदवारले उम्मेदवारी दिएको झापा २ को प्रतिस्पर्धा केवल हारजितको मात्र होइन राजनीतिक प्रतिष्ठाको लडाइँ पनि हो । निवर्तमान सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, पूर्वमन्त्रीद्वय सरिता प्रसाईं र धर्मशीला चापागाईंजस्ता दिग्गजहरू चुनावी मैदानमा छन् ।
कम्युनिष्टको ‘किल्ला’ मानिने झापा २ मा घिमिरे त्यो विरासत जोगाउन अहिले पूरै निर्वाचन केन्द्रित छन् । एमालेको बलियो संगठन र ‘हाइ–प्रोफाइल’ व्यक्तित्व नै घिमिरेको मुख्य चुनावी हतियार हो । अर्जुनधारा नगरपालिका–६, झापाका घिमिरे २०३१ सालको झापा विद्रोहबाट राजनीतिमा होमिएका थिए । २०४९ सालमा नेकपा माले र नेकपा एमालेको एकीकरण पछि केन्द्रीय सदस्य बन्दै राजनीतिमा उदाएका घिमिरे २०७९ निर्वाचनमा झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै सभामुख बने ।
तर, जेनजी आन्दोलनपछि संसद विघटन भएर देश निर्वाचनमा होमिएसँगै घिमिरेको सभामुख पद पनि छोटियो । प्रतिनिधिसभा सदस्य मनोनयन दर्ताको अघिल्लो दिन माघ ५ गते नै कानुनसम्मत स्वतः घिमिरे पदबाट बिदा भएर निर्वाचनमा होमिए । र, अहिले घिमिरे झापा २ को निर्वाचनको दौडधुपमा व्यस्त छन् । संगठन दह्रो भएकाले उनी आफू सजिलै चुनाव जित्नेमा ढुक्क छन् ।
बाँकी भिडिओमा











